Tuesday, November 11, 2014
कस्ता रोगीले कस्तो फलफूल खाने ?
मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ । एक त फलफूल अरु खानेकुराभन्दा अलि महँगो हुने भएका कारण पनि नेपालीहरुले यसलाई नियमित सेवन गर्दैनन् । तर यदि तपाईं फलफूल किनेर खानुहुन्न र पैसा बचाउनुहुन्छ भने रोगको उपचारको लागि डाक्टर र औषधीमाथि तपाईंको थुप्रै रकम खर्च हुनसक्छ । त्यसकारण आफ्नो रोगको अनुसार फलफूलको सेवन गर्नुहोस् र स्वस्थ रहनुहोस् ।
१. उच्च रक्तचापः
अंगुर, गोलभेडा, तरबुजा, केरा, नास्पाती, बन्दा, कागती, कांक्रो
२. रगतको कमीः
अनार, गोलभेडा, सुन्तला, अंगुर, स्ट्रबेरी, गाजर, अंजीर, आरुबखडा
३. उच्च कोलेस्ट्रोलः
आँप, ओखर, जामुन, सुन्तला
४. मुटुको रोगः
केरा, भुइंकटर, तरबुजा, नास्पाती
५. कलेजोको विकारः
मेवा, कागती, अंगुर, गोलभेडा, काँक्रो,श्याउ
६. मधुमेहः
गोलभेडा, तरबुजा, नास्पाती, अमिला फलफूल, अम्बा
७. खोकीः
अंगुर, स्ट्रबेरी, नास्पाती, भुँइकटर, कागती, सुन्तला
८. दाँतको रोगः
अंगुर, स्ट्रबेरी
९. कम्मर दुखाईः
तरबुजा, नास्पाती
१०. मोटोपनाः
कागती, सुन्तला, अंगुर, भुँइकटर, मेवा, बन्दा, गोलभेडा
११.बुढ्यौलीपन रोक्ने उपायः
कालो अंगुर, अमला, अंगुर, गोलभेडा,श्याउ
१२. दमः
सुन्तला, नास्पाती
१३. अनुहारमा मुसाः
आँप, अंगुर, सुन्तला, तरबुजा, स्ट्रबेरी
१४. जन्डिस:
कागती, नास्पाती, अंगुर, काँक्रो, मेवा
१५. मृगौलाको रोगः
कागती, सुन्तला, काँक्रो,श्याउ
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment