Tuesday, November 11, 2014

गाँजरका १४ फाइदा


Fresh carrotsकाँच्चै खाएपनि, पकाएर खाएपनि, अचार बनाएर खाएपनि गाँजर नेपालीमाझ लोकप्रिय छ । यो जति लोकप्रिय छ, स्वास्थ्यका लागि उति नै लाभदायी पनि छ । गाँजर ५ हजार वर्षअघि फेला परेको विश्वास गरिएको छ । एउटा अचम्मको तथ्य के छ भने पहिले गाँजर अहिलेको जस्तो सुन्तला रंगको हुँदैनथ्यो । पहिला रातो, कालो, पहेंलो, सेता र बैजनी रंगको हुन्थ्यो । गाँजर पहिला अफगानिस्तानमा खेती गर्ने गरिन्थ्यो, जुन बैजनी रंगको हुन्थ्यो । चम्किलो सुन्तला रंगको गाँजर भने मध्यकालमा डचहरुले विकसित गरेको ऐतिहासिक तथ्य छ ।
गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।
रतन्धो हुनबाट बचाउछ : गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउछ ।यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।
मुटुको रक्षा गर्छ  : गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।
क्यान्सर लाग्नबाट बचाउछ : गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।
रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ : गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ ।
दाँतका लागि लाभदायी : यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।
शरीर शुद्द पार्छ : गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ ।
बुढोपन रोक्छ : यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।
महिलाको महिनावारीमा लाभदायी : गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।
गर्भधारणको बेला सहयोगी : गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घट्छ । गाँजरको नियमित सेवनले महिलाको दुध उत्पादनमा सहयोग पुग्छ र दुधको गुणस्तरलाई पनि बढाउछ ।
हड्डी मजबूत पार्छ : गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
पाचन प्रणालीमा सुधार ल्याउछ : गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ ।
ब्लड सुगर नियमित गर्छ : गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ । शरीरमा सोडियमकोमात्रा धेरैभयो भने हाइपरटेन्सन र उच्च रक्तचाप निम्तने भएकाले सोडियमकोमात्रा नियन्त्रणमा राख्नु अति आवश्यक हुन्छ ।
छाला चम्किलो पार्छ : भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ । यसले सूर्यको किरणबाट प्राप्त हुने खतरनाक तत्वबाट छालालाई बचाउछ ।
कपालका लागि लाभदायी : गाँजरको सेवनले कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाउछ । भिटामिन ए हुने भएकाले गाँजरको सेवनले कपाल झर्नबाट समेत बचाउछ । दिनहु गाँजरको सेवनले कपाल स्वस्थ राख्न मद्दत गर्छ ।

कागतीका फाइदा

lemonकागती अमिलो जातको फल हो । यो सानो र ठूलो विभिन्न जातको हुन्छ । यसको बोक्रा, रस एवम् बियाँ तथा पात समेत विभिन्न रोगको उपचारमा काम आउँछन् । यसको रस, पात र बोक्रालाई ताजा रुपमा प्रयोग गर्न सकिन्छ भने बोक्रा र पातलाई सुकाएर एवम् रसलाई पकाएर अमिलो तयार गरी चुकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
कागतीका विशेष गुण
कागती अमिलो खालको फल भएपनि यो क्षारप्रधान र पित्तशामक गुणको हुन्छ । कागतीमा रक्त शोधक, मुत्रकारक, पसिना निस्कासक, ज्वर निवारक, रेचक आदि गुण पनि रहेको हुन्छ । कागतीमा भिटामीन ‘सी’ प्रशस्त हुन्छ । यसको प्रयोगबाट  रक्तनली सफा हुन्छ । यो पाचक गुणले पनि पूर्ण छ । कागतीको रस सर्दी  एवम् गर्मी दुवै प्रकृतिको हुन्छ । गर्मीमा चिसो पानीका साथमा यसको रस प्रयोग गरेमा शीतलता प्राप्त हुन्छ भने तातो पानीसंगै पिएमा यसको शीत्तल गुण उष्णतामा परिणत हुन्छ । यसको बोक्रा र बियाँ भने उष्ण प्रकृतिको हुन्छ । उपवासको समयमा कागतीको रस पानीका साथ पिइने गरी केही दिनसम्म बस्दा शरीरमा विजातीय द्रव्य घट्दछ ।
विभिन्न रोगमा कागतीको प्रयोग
डण्डीफोर र अनुहारको पोतोः
कागतीको टुक्रालाई दिनहुँ डण्डीफोरमा सुत्नु अघि रगड्ने, रातभरि त्यसै राख्ने एवम् बिहान उठेर धुने गर्दा यसमा सुधार हुन्छ ।
गहुँको पिठो वा बेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डीफोर र अनुहारको पोतोमा पनि लाभ गर्दछ ।
कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०÷३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिश गर्दा अनु्हारको चाँयामा सुधार हुन्छ ।
कपालमा चाँया पर्ने
कागतीको रस एवम् पानी मिसाई रौंको जरासम्म पुग्ने गरी रगड्ने र केही बेरपछि पखाल्ने । हप्तामा २÷३ पटक यसो गर्दा कपालको चाँया हट्दछ ।
उच्च रक्तचाप र हृदय रोग
दिनहुँ पानीमा मिसाई वा दालमा मिसाई आधादेखि एउटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ साथै हृदय रोगमा पनि लाभ गर्दछ ।
कब्जियत
दिसा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४÷५ लिटर पानीमा मिसाई पटक–पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोग गर्दछ ।
चिलाउने समस्या
छाला चिलाउनेसम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १÷२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ ।
बान्ता एवम् वाकवाकीमा
बान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ ।
रक्सीको नशा हटाउन
कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउँछ ।
लू चलेमा
गर्मीमा तातो हावा चल्ने भै लूको प्रकोप भएमा कागती पानीको चिसो सर्बत बारम्बार पिउँदा त्यसको असर हुँदैन ।
क्यान्सरवाट बच्न
नियमित रूपमा दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या हुन पाउँदैन ।

महिलाहरुलाई यौन चाहाना बढी हुने समय कुन ?

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ । एक अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।
यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ ।
अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

क्यान्सर लागेको कसरी थाहा पाउने ?

canSAR_trans_wallpaper_no_icr_logo
क्यान्सरको कुरा आउँदा जो कोही तर्सन्छ तर, दुर्भाग्यले केही व्यक्ति यस प्राणघातक रोगको चपेटामा पर्छन् ।  आफूमा क्यान्सरको लक्षण पूर्ण विकसित भइसकेको सुन्दा उनीहरूमा बज्रपात हुन्छ तर, बुझ्नुपर्ने के छ भने चाँडै पत्ता लागे क्यान्सरको सफल उपचार सम्भव छ ।  त्यसैले शरीरमा क्यान्सरले सुरुको अवस्थामा देखाउने केही विशेष लक्षण बेलैमा बुझ्न सक्नुपर्छ ।  यसैमा बुद्धिमानी छ ।
थकान बढी लाग्न थाल्छ
दिनभरको दौडधूपले लाग्ने थकानलाई सामान्यरूपमा लिनुपर्छ तर व्यस्त नहुँदा पनि धेरै परिश्रम गरे जस्तो गरी अचानक थकान लाग्न थाल्छ भने विचार गर्नुपर्ने हुन्छ ।  एक दिनको घटनाले मात्र होइन बारम्बार यसो हुन थाल्यो भने क्यान्सरको सम्भावना हुनसक्छ ।  तथापि अन्य विकारले पनि शरीर थकित भएको हुन्छ ।  अमेरिकन क्यान्सर सोसाइटीको एक प्रीतवेदनमा यसलाई ल्युकेमियाको संकेत बताइएको छ ।

हल्का ज्वरो आइरहने
दैनिक हल्का ज्वरो आइरहने भएको छ भने विचार गर्नुपर्छ ।  विशेषगरी, ९९।८ देखि १०० डिग्री फरेन्हाइट ज्वरो आउँछ ।  यो समस्या कैयौँ अन्य संक्रमणको पनि हुनसक्छ तर, हल्का ज्वरो आइरहने समस्या हज्किन्स डिजिज, ल्युकेमिया र नन हज्किन्स लिम्फोमाको प्रारम्भिक संकेत पनि हुने भएकाले चिकित्सा जाँच गराउनु जरुरी छ ।

निल्न गाह्रो 
कुनै पनि वस्तु निल्न गाह्रो हुने सँगै ओठमा उत्पन्न हुने घाउ सामान्य समयमा निको हुँदैन ।  घाँटी बस्ने र नियमित रहने हुन्छ ।  यसका साथै स्वर कडा हुँदै जाने, मुखमा असामान्य रक्तस्राव र कारण थाहा नहुने गरी मुखभित्र दुख्नेलगायत पनि क्यान्सरका प्रारम्भिक लक्षण हुन्छन् ।  यी समस्याको सम्बन्ध घाँटीको, खाने नलीको, जिब्रोको क्यान्सरसँग हुन्छ तर, उल्लेखित लक्षण देखियो भन्दैमा क्यान्सर नै भएको छ भन्न मिल्दैन, अन्य कारणले पनि त्यसो भएको हुनसक्छ ।
तौल घट्ने
कुनै व्यक्तिले आफ्नो तौल असामान्य रूपमा किन कम भएको होला भन्ने बुझ्न सक्दैन भने यसमा विचार पु¥याउनु जरुरी छ ।  आहारा कम नगरी, व्यायाम नगरी र दैनिकीमा परिवर्तन नभएको अवस्थामा शरीरिक तौल घट्न थाल्नु क्यान्सरको संकेत हुनसक्छ ।  अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसरी तौल घट्ने समस्यालाई आमाश्य, फोक्सो, खाने नली वा प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक संकेतको रूपमा बुझ्न सकिन्छ ।  तथापि तौल घट्ने समस्या अन्य खालका गम्भीर विकारको लक्षण पनि हुनसक्छ ।  उदाहरणका लागि मधुमेह ।

२५ तलाको पानी जहाज, सबैभन्दा माथि विमानस्थल

प्रबिधिले धेरै नयाँ आविष्कार गरेको छ ।
am ship
त्यसैमा पनि विश्वकै शक्तिशाली देश अमेरिका प्रबिधिको क्षेत्रमा निकै अगाडी छ । अमेरिका हाल एक अचम्मको आविष्कार गरिरहेको बताइएको छ । एक अंग्रेजी अनलाईनका अनुसार हाल अमेरिकाले २५ तला भएको पानी जहाजको आविष्कार गरिरहेको छ । सौर्य उर्जाबाट चल्ने यो जहाजको २५ औं तलामा विशाल बिमानस्थल रहनेछ । पानी जहाजमा ५० हजार यात्रुले एकै चोटी यात्रा गर्न मिल्नेछ । यो पानी जहाजभित्र बिमानस्थल, लगायत स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत रहनेछ ।
अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनका अनुसार यसको पुरै निर्माणका लागि १० सय करोड डलर खर्च लाग्ने छ । यो जहाजको तौल २.७ मिलियन टन हुने बताइएको छ । यसले प्रत्येक २ वर्षमा संसारको परिक्रमा गर्ने बताइएको छ ।

दुधसँग यी ७ चीज खादै नखानुस्,

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।
– हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
– दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।
– दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
– दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
– दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
– दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
- सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

शरिरमा रगत कमी भए के गर्ने

कामको चटारोमा हामी हाम्रो स्वास्थ्यको उचित रेखदेख गर्न सकिरहेका छैनौ । विशेषगरि थकान, कमजोरीले गर्दा हाम्रो अनुहार पनि पहेलो, रगत नभएको जस्तो देखिन्छ । तर ख्याल गर्नुस यहि लक्षण कतै रगतको कमि अर्थात रक्त अल्पताको त हैन । थाक्नु ,mango कमजोरी हुनु , अनुहारको रङग पहेँलो ,फुङग उडेको जस्तो हुनु अनि हात- खुट्टा सुनिनु जस्ता लक्षण रक्त अल्पताको हो । शरिरमा हेमोग्लोबिन कम हुने मान्छेहरुलाई रक्त आल्पता हुन्छ। आउनुस शरिरमा रगत बढाउने ७ घरेलु उपाय जान्नुहोस.. -घरको करेसा बारिमा पाईने पालक,बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा नियमित रुपमा खानाले शरिरमा रगतको मात्रा बढ्छ । -पाकेको आँप दुधसँग खानाले रगत बढ्छ । -रगत बढाउने खाना जस्तै गहुँ, चना, मुगीको दाल पनि धेरै उपयोगी हुन्छ। -लसुन खानाले पनि शरिरमा हेमोग्लोबिन कम हुन दिँदैन । -एलोवेराको जुस नियमित रुपमा खानु पर्छ यसले शरिरमा रगत बढाउने ठुलो भुमिका खेल्छ। -अमला अर्थात यसको जुस खानाले पनि रगत बढ्दछ । -अनार र लौकाको जुस खानाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।