Tuesday, November 11, 2014

आधुनिक हतियार बोक्छन् काठमाडौंका डन

काठमाडौं–यो तस्विरमा भएका ब्यक्ति चिन्नुभयो त? हातमा रहेको हतियार हेर्दा कुनै सुरक्षा अंगका सदस्यझै देखिन्छन् है । तर, हैनन्। यीनी हुन् काठमाडौंमा कहलिएका गुन्डा कुमार श्रेष्ठ उर्फ कुमार घैटे जसले सामाखुसीलाई आधार क्षेत्र बनाएर आफ्नो आपराधिक सञ्जाल फिजाएका छन्।
अब तलको तस्विर पनि हेनुहोस्।
पैसाको चाङका विचमा रहेको। हेर्दा कुनै नवधनाढ्य वा बैंकर्स जस्तो छैन त तस्विर। तर, यो तस्विर पनि उनै घैटेकै हो। यी दुबै तस्विर फेसबुमा राखेर सार्वजनिक गरिएको छ। तर, कुन प्रयोजनका लागी हो त्यो उनीनै बुझुन्। नेपालमा अनुमती लिएर हतियार राख्न पाइने कानुनी प्रावधान भए पनि त्यसको सिमा छ। कानुन अनुसार जिल्ला प्रशासन कार्यालयको अनुमती लिएर १२ बोर बन्दुक र टुटु प्रकृतीको हतियार ब्यक्तिगत सुरक्षाका लागी राख्न पाइन्छ।
हतियार सम्बन्धी एक जानकारले घैटे बोकेको हतियारको तस्विरको प्रकृती नेपाली सेनाले विशिष्टहरुको सुरक्षाका बेलामा बोक्ने गलिल वा कोल्ड कमान्डो हुनसक्ने बताए। जुन कानुनी रुपमा दर्ता गरेर ब्यक्तिगत प्रयोजनका राख्न सकिँदैन। यसैबाट तस्विरमा बोकेको हतियार यदी घैटेको हो भने सो अबैध रहेको पुष्टी हुन्छ नै।
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समुह त कहिले चक्रे मिलन समुहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समुह चलाएका थिए।
नेपाली काँग्रेस, त्यसमा पनि नुवाकोट जिल्लाका नेताको छत्रछाँयामा हुर्किएका हुन्। हालै प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी कुनै समय उनकै समुहका सदस्य थिए। चरीले पछि पार्टी परिर्वतन गरी एमालेतिर लागेपछि उनको समुहबाट छुट्टीएका थिए।
गणेश लामा, चक्रे मिलनसँग जानी दुश्मनी रहेका घैटे २०६२ बाट पक्राउ पर्ने र छुट्नेक्रम शुरु भयो। प्रहरी रेकर्ड अनुसार २०६२ असार १८ गते सामाखुसीमा रहेको भन्ज्याङ्ग दोहोरी सा“झमा कुमार मल्लमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका थिए। उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्धा चलेपछि उनी रिहा भए।
२०६३ असार १८ गतेनै उनी पुन महानगरपालिका वडा नम्बर १९ को सिद्धीगणेश मावि अगाडि ट्याक्सीमा गइरहेका प्रेम लामालाइ धारिलो हतियारले हानेका थिए। उनीमाथि पुन ज्यान मार्ने उद्योगमा मुद्धा चलाइयो र पुन रिहा भए। २०६३ भदौं १६ मा गंगबुमा रहेको शोगर्ल रेष्टुरेन्ट अगाडि काभ्रेका विष्णु लामामाथि गोलि प्रहार गरेको २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा उनी पक्राउ पर्ने र रिहा हुनेक्रम जारी रह्यो।
मिति २०६५ कात्तिक २४ मा दरवारमार्गमा अमित लामालाई गोली प्रहार गरी घाईते वनाएको ज्यान मार्ने उद्योग चले पछि फरार रहेका उनलाई प्रहरीले तिख्रामा गोली हानेर घाइते बनाई लाजिम्पाटको एक होटलमा पक्राउ गरेको थियो। हतियार सहित पक्राउ परेका उनी केही समयका लागी जेल गए पनि पुन रिहा भए।
अबैध हतियारको केसमा रिहा भएपछि उनी पक्राउ परेका छैनन्। प्रहरीले उनलाई ट्रयाकर दिएर उनको गतिविधी अनुगमन गरे पनि काग्रेस नुवाकोटका नेताको दवावमा उनलाई ट्रयाकरमुक्त गरिएको थियो। विशेषत काग्रेस नेता अर्जुननरसिंह केसी र उनको भाई जनदिश नरसिंह केसीसँग घैटेको नाम जोडिने गरेको छ।
प्रहरीले अन्य गुन्डाहरुलाई पक्राउ गरे पनि उनलाई भने छुटदिँदै आएको छ नै आधुनिक हतियार र पैसाको चाङ प्रर्दशन गर्दै तस्विर सार्वजनिक गरे पनि प्रहरी प्रशासन मौन देखिएको छ।

No comments:

Post a Comment