प्रबिधिले धेरै नयाँ आविष्कार गरेको छ ।

त्यसैमा पनि विश्वकै शक्तिशाली देश अमेरिका प्रबिधिको क्षेत्रमा निकै
अगाडी छ । अमेरिका हाल एक अचम्मको आविष्कार गरिरहेको बताइएको छ । एक
अंग्रेजी अनलाईनका अनुसार हाल अमेरिकाले २५ तला भएको पानी जहाजको आविष्कार
गरिरहेको छ । सौर्य उर्जाबाट चल्ने यो जहाजको २५ औं तलामा विशाल बिमानस्थल
रहनेछ । पानी जहाजमा ५० हजार यात्रुले एकै चोटी यात्रा गर्न मिल्नेछ । यो
पानी जहाजभित्र बिमानस्थल, लगायत स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो,
सपिङ् सेन्टर, पार्क समेत रहनेछ ।
अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनका अनुसार यसको पुरै
निर्माणका लागि १० सय करोड डलर खर्च लाग्ने छ । यो जहाजको तौल २.७ मिलियन
टन हुने बताइएको छ । यसले प्रत्येक २ वर्षमा संसारको परिक्रमा गर्ने
बताइएको छ ।
No comments:
Post a Comment